- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस इकाइले निःशुल्क बीएएलएलबी ईन्ट्रान्स कक्षा संचालन गरेको छ ।
अनेरास्ववियु विद्यार्थी नेता विशाल भण्डारीका अनुसार कक्षा असार १ गतेबाट कक्षा सञ्चालन भएको हो ।
बिहान ७ः३० देखि ९ः३० बजेसम्म तीन महिना सञ्चालन हुनेछ । वरिष्ठ अधिवक्ताबाट कक्षा सञ्चालन गरिने नेता भण्डारीले बताए ।
सो कक्षाका सहभागीले निःशुल्क पुस्तकसहित साप्ताहिक रुपमा मक टेष्ट गराइने संयोजक नरेन्द्र ढकालले बताए ।
पृथ्वीनारायण क्याम्पसमा पाँच बर्षे कानुन विषय पढ्न करिब साढे तीन लाख खर्च लाग्छ ।
गतवर्ष पनि अनेरास्ववियुले सञ्चालन गरेको ईन्ट्रास सहयोगी कक्षामा सहभागी ९९ प्रतिशत विद्यार्थीले नाम निकाल्न सफल भएका थिए ।