arrow

गोलाप्रथाबाट जिसस मनाङमा कांग्रेस र एमालेबीच भागबण्डा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
Congress-UML_Election.jpg

लमजुङ । जिल्ला समन्वय समिति मनाङमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । सहमति अनुसार नै बिहीबार मनोनयन दर्ता गरिने भएको हो । 

उनीहरुले प्रमुख र उपप्रुमख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् । जस अनुसार एमालेको भागमा प्रमुख र कांग्रेसको भागमा उपप्रमुख परेको छ । प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ ।

प्रमुख र उपप्रमुखको टुंगो लागे पनि सदस्यहरु बिहीबार टुंगो लाग्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ