arrow

एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया अघि बढेको छैन : नेपाली सेना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
army-headquater.jpg

काठमाडौँ। नेपाली सेनाले एसपीपी सम्बन्धी समाचारहरूमा ध्यानाकर्षण भएको जनाएको छ। नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न सञ्चारमाध्यमहरूमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरूमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको हो।

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट पारेको छ।

नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको ब्यहोरा बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ