arrow

विष्णुको प्रिय दिनमा यस्तो हुनेछ समग्रमा आजको दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ असार २ बिहिबार
rashifal-horoscope-green.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ असार २ गते बिहीबार, इस्वीसंवत जुन १६ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज आषाढकृष्णपक्षको प्रतिपदा तिथि रहनेछ । आज नक्षत्रमा पूर्वाषाढा, विष्कुम्भादि योगमा ब्रहम, करणमा वणिज, आनन्दादि योगमा धाता रहनेछ । सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३४ पला अर्थात १३ घण्टा ४९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५९ बजे हुनेछ ।

आजको राशिफल :

मेष : आज समय खराब छ । धेरै बोल्दा समस्या आउन सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । हिसाब किताबमा पनि विवाद आउन सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ । शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह ।

वृष : आज पनि समय शुभ छैन । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । व्यापारमा राम्रै फाइदा हुनेछ । शुभ अंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह ।

मिथुन : आज पनि समय शुभ छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । ईस्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । आश मारेको नतिजा सकारात्मक हुने देखिन्छ । शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह ।

कर्कट : कर्कट राशिका लागि पनि समय राम्रो छ । व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । वैदेशिक यात्रा लाभदायक रहनेछ । प्रतीक्षित नतिजाले हौसला जगाउनेछ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ । शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह ।

सिंह : आज समय शुभ छैन । अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरू रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । पूर्व दिशाको यात्रामा पनि सावधान हुनुहोला । शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्यमा ग्रह ।

कन्या : आज समय भरपर्दो रहनेछैन । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । टाढिएका आफन्त तथा साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ । तर अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामी राशि बुधमा ग्रह ।

तुला : आज पनि समय शुभ छ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि दिन खराब छ । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । शुभअंक ६ र १०, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह ।

धनु : आज समय शुभ छ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइ लेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामी राशि वृहस्पति ग्रह ।

मकर : आज समय राम्रो छैन । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । काममा सतर्क हुनुहोला । शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह ।

कुम्भ : आज समय शुभ छ, सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् । शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह ।

मीन : आज समय खराब छ । सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ।

साइत : आज सूर्य मिथुन र चन्द्रमा धनु राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ०५ः०७ बजेदेखि ०६ः५१ बजेसम्म शुभ बेला,

बिहान ०६ः५१ बजेदेखि ०८ः३५ बजेसम्म रोग बेला,

बिहान ०८ः३५ बजेदेखि १०ः१८ बजेसम्म उद्धेग बेला,

बिहान १०ः१८ बजेदेखि १२ः०२ बजेसम्म चर बेला,

बिहान १२ः०२ बजेदेखि १ः४६ बजेसम्म लाभ बेला,

दिनमा १ः४६ बजेदेखि ३ः२९ बजेसम्म अमृत बेला,

दिनमा ३ः२९ बजेदेखि ५ः१३ बजेसम्म काल बेला,

दिउँसो ५ः१३ बजेदेखि ६ः५७ बजेसम्म शुभ बेला यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ