arrow

आइसिसी विश्वकप लिग-२

नेपाललाई अमेरिकाले हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
american-cricket-team.jpg

काठमाडौं । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग-२ क्रिकेटमा अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । 

अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछाएको नेपालले ४७.४ ओभरमा २०६ रन बनाउँदै अल आउट भयो । 

नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने सोमपाल कामीले ४७ रन बनाएका थिए । त्यस्तै देव खनालले ३४, आसिफ सेखले १८, रोहित पौडेलले १६ रन बनाएका थिए । छैटौं विकेटका लागि शेख र कामीबीच १०६ रनको साझेदारी भएको थियो । ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन÷तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै सुशान्त मोदानीले ८३ बलमा सात चौकासहित ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह एैरीले एक एक विकेट लिए ।

अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो ।

आइसिसी विश्वकप लिग–२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अङ्क जोडेको छ । नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ । यसअघिको खेलमा नेपालले ओमनलाई ७ विकेटले पराजित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ