- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं ।मनसुन सुरुभएसँगै देशभरका अधिकांश स्थानमा दैनिक पानी पर्दै आएको छ । बिहीबार मुलुकका विभिन्न भूभागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
राति प्रदेश १, मधेस र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।