arrow

तीन वटा नरभक्षी बाघ खोरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
tiger2019-05-29.jpeg

चितवन । निगुरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेत माथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । बाघको आक्रमणबाट स्थानीय २३ वर्षीया रेखा बस्नेतको मृत्यु भएको थियो । 

हिंस्रक बन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई भरतपुर महानगरपालिका-२७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो ।

बाघलाई चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको खोरमा राखिने छ । बाघ नियन्त्रणमा लिनका लागि आज दिउँसोदेखि प्रयास थालिएकोमा साँझ ६ बजे डार्ट गरिएको उनले जानकारी दिए । 

यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले तीन वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ