arrow

एसपीपी : प्रधानसेनापतिले समितिमा कुरा राख्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
spp-nepal-state-partnership.jpg

काठमाडौं । नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई लिएर प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको भूमिका बारे कुरा राख्दै छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई छलफलका लागि आज बोलाएको छ । समितिले एसपीपी बारे हालसम्मको सम्पूर्ण जानकारी दिन भन्दै बोलाएको हो । 

नेपाली सेनाले अमेरिकालाई २०७२ साल कात्तिक १० मा एसपीपीको लागि पत्राचार गरेको खुलेको छ । सो समय राजेन्द्र क्षेत्री प्रधानसेनापति थिए । 

यता सेनाले भने एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको बताएको थियो।

एसपीपीलाई लिएर संसद्मा र सडकमा चौतर्फी विरोध भइरहेको छ । यसैबीच पछिल्लो समय क्षेत्रीले अमेरिकालाई लेखेको पत्र बाहिरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ