arrow

अष्ट्रेलियामाथि श्रीलंकाको जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
srilanka-australia-2022.jpg

काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ । बिहीबार राति पाल्लेकेलेमा भएको खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई डीएल पद्दतिको आधारमा २६ रनले हराएको हो ।

वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ४७.४ ओभरमा ९ विकेट गुमाएर २२० रन जोडेको थियो । श्रीलंकाका कुशल मेन्डिसले ३६ रन जोडे । यस्तै कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४–३४ रन जोडे ।

अष्ट्रेलियाका पाट कमिन्सले ४ तथा ग्लेन म्याक्सवेल र म्याथ्यु कुहनेमनले २–२ विकेट लिए ।

वर्षाले गर्दा डीएलको आधारमा अष्ट्रेलियाले ४३ ओभरमा २ सय २१ रनको लक्ष्य पाएको थियो । तर अष्ट्रेलियाले ३७.१ ओभरमा अलआउट हुँदै १८९ रनमात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३७, ग्लेन म्याक्सवेलले ३०, स्टेभेन स्मिथले २८ रन जोड्दा टार्भिस हेडले २३ रन जोडे ।

श्रीलंकाका चामिथा करुनारत्नेले ३ तथा धनन्जय डी सिल्भा, दुश्मन्था चामिरा र  दुनिथ वेलागेले २–२ विकेट लिए ।

यो खेलसँगै पाँच खेलको श्रृंखलामा श्रीलंकाले १–१ को बराबरी गर्न सफल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ