arrow

प्रधानसेनापतिले भने- मानवीय सहयोगका लागि पत्र लेखियो, एसपीपी स्वीकार्य छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
prabhu-ram-sharmas.PNG

काठमाडौं । अमेरिकाकी स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई लिएर प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको धारणा स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भएर प्रधानसेनापति शर्माले सेनालाई एसपीपीको कार्यक्रम स्वीकार्य नहुने बताएका छन् । 

पछिल्लो समय पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई लेखेको पत्र बाहिरिएको छ । समितिले प्रधानसेनापति शर्मालाई एसपीपी बारे हालसम्मको सम्पूर्ण जानकारी दिन भन्दै आज बोलाएको थियो । 

प्रधानसेनापति शर्माले सो समय नेपालमा भूकम्प गएका कारण मानवीय सहयोगका लागि चिठ्ठी लेखेको समितिमा बताएका छन् । नेपाली सेनाले अमेरिकालाई २०७२ साल कात्तिक १० मा एसपीपीको लागि पत्राचार गरेको थियो । सो समय क्षेत्री प्रधानसेनापति थिए । 

सेनाले एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको बताउँदै आएको छ ।

एसपीपीलाई लिएर संसद्मा र सडकमा चौतर्फी विरोध भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ