arrow

जिसस सर्लाहीको प्रमुखमा कांग्रेसका सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
sarlahi-jisasa-congress-maobadi.jpg

सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका कौशलकिशोर सिंह निर्विरोध निर्वाचित भएका छन् । सिंह कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् । 

जिल्लाको बलरा नगरपालिका–१, हथियौल निवासी सिंह वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा पराजित भएका थिए । नगरप्रमुखमा पराजित सिंह कार्यपालिका निर्वाचनमा भने माओवादीसँगकै तालमेलमा कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । 

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यसहित नौ जना सदस्य नै निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसले प्रमुखसहित छ जना सदस्य र माओवादीले उपप्रमुखसहित एक जना सदस्य भागबन्डा गरेर जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गरेका थिए । 

जसअनुसार उपप्रमुखमा माओवादी केन्द्रबाट मलङ्गवा नगरपालिका–८, का जीतेन्द्र कुशवाहा निर्वाचित भएका छन् । यस्तै जिल्ला समन्वय समितिको सदस्यहरुमा कांग्रेसबाट लालबन्दी नगरपालिका–१७, का रामबहादुर बोम्जन, हरिपुर नगरपालिका–५, का अलाउँदिन मियाँ, हरिपूर्वा नगरपालिका–५, की रामशिला कुमारी यादव, चक्रट्टा गाउँपालिका–४, की रेखादेवी साह, ईश्वरपुर नगरपालिका–१५, की पासवती देवी थरुनी र गोडैता नगरपालिका–६, की सोनावती देवी चयन भएका छन् ।

माओवादीबाट लालबन्दी नगरपालिका–१५ का हेम कार्की जिल्ला समन्वय समितिको सदस्यमा चयन भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ