arrow

एक दिवसीय क्रिकेटमा इङ्गल्याण्डको रेकर्ड, तीन खेलाडीको शतक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
england-cricket-buttler-malan-salt-century-record.jpg

काठमाडौं । एक दिवसीय क्रिकेटमा इङ्गल्याण्डले रेकर्ड राखेको छ । इङ्गल्याण्डले सबैभन्दा बढी रन बनाउने रेकर्ड राखेको हो । साथै एक दिवसीयको एकै इनिङ्समा तीन खेलाडीले शतकसमेत बनाएका छन् । 

इङ्गल्याण्डले नेदरल्यान्ड्समाथि फराकिलो जित निकाल्ने क्रममा उक्त रेकर्ड बनाएको हो । शुक्रबार राति सम्पन्न खेलमा इङ्गल्याण्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हराएको हो ।

जितसँगै तीन खेलको श्रृंखलामा इङ्गल्याण्डले १–० को अग्रता बनाएको छ । इङ्गल्याण्डले दिएको ४ सय ९९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनायो ।

नेदरल्यान्ड्सका लागि स्कट एड्वार्ड्सले अविजित रहँदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले । म्याक्स ओडेडले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । 

इङ्गल्याण्डका मोइन अलीले ३ तथा डाभिड विली, रिस टोप्ले र साम करणले २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ९८ रनको कीर्तिमानी योगफल बनाएको थियो । इङ्गल्याण्डले आफ्नै नामको कीर्तिमान भङ्ग गरेको हो ।

इङ्गल्याण्डले यसअघि सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४ सय ८१ रनको कीर्तिमान बनाएको थियो ।

इङ्गल्याण्डका लागि तीन खेलाडीले शतक बनाए । प्लेयर अफ द म्याच जोस बट्लरले ७० बलमा अविजित रहदै १६२ रनको शतकीय इनिङ्स खेले ।

यस्तै डाविड मालनले १०९ बलमा १२५ तथा फिल साल्टले ९३ बलमा १२२ रन बनाए । लियाम लिभिङस्टोन २२ बलमा ६६ रन बनाउर अविजित रहे ।

नेदरल्यान्ड्सका पिटर सिलारले २ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ