गठबन्धनले लग्यो रुपन्देही जिसस, कांग्रेसका चपाई प्रमुख
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
974
Shares
भैरहवा । जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन् । भैरहवामा शनिबार सम्पन्न निर्वाचनमा गठबन्धन प्यानलबाट नेपाली कांग्रेसका चपाई उम्मेदवार बनेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेकी पवित्रादेवी श्रेष्ठले १५ मत ल्याएको निर्वाचन सहायक अधिकृत गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।
यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९, लोसपाका मुकेशकुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।