arrow
ADVERTISEMENT

विनाशकारी बाढी गएको मेलम्ची क्षेत्रमा पूर्व चेतावनी प्रणालीको परीक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
melemchi-badhis.jpg

सिन्धुपाल्चोक । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ ।

 मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । 

मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भने, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।”
 
मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ