arrow

सशस्त्रमा को को हुने भए एसपी ? यी हुन् सिफारिसमा परेका ३७ जना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफमा डीएसपीको बढुवा सिफारिस भएको छ । आइतबार मध्यराति सशस्त्रले सूचना प्रकाशित गर्दै डीएसपीबाट एसपीमा बढुवा हुने ३७ जनाको नाम प्रकाशित गरेको हो । 

सशस्त्रको बढुवा समितिले बढुवाका लागि दुई साताअघि सूचना प्रकाशित गरेको थियो । तर बढुवाका लागि दावेदारहरुको संख्या धेरै भएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नो शैली अपनाउँदै ज्येष्ठताका आधारमा बढुवालाई प्राथमिकता दिएका थिए । 

सो क्रममा उनले बढुवाको नियमावलीलाईसमेत हुत्याएका छन् । तर जतिसुकै सिंघम बने पनि उनले तेस्रो लटको फाइलसमेत नखोल्ने बताइरहँदा तेस्रो लटबाट एक जनाको बढुवा सिफारिस भएको छ । 

बढुवाका लागि ९३ जना रहेका थिए । जसबाट ३७ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा ज्येष्ठताका आधारमा बढुवा हुने ८ जना, पहिलो लटका १८, दोस्रो लटका २३ तथा तेस्रो लटका ४४ जना रहेका थिए । 

तेस्रो लटको फाइल नखुल्ने भनेपछि चर्को विरोध भएको थियो । तर उनीहरु मारमा परेका छन् । पहिलो र दोस्रो लटका अदक्ष अधिकृतलाई किन ज्येष्ठताको पगरी गुथाउने भन्ने उनीहरुको गुनासो थियो ।

यी हुन् बढुवा सिफारिसमा परेका डीएसपीहरु



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ