arrow

बहुमत गुम्ने डरले मन्त्री फेर्न आलटाल गर्दै उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । जतिसुकै दबाब आए पनि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्री फर्न सकेसम्म ढिलो गर्ने र आलटाल गर्ने रणनीति अपनाएका छन् । योसँगै जसपा कुनै पनि बेला फुट्ने अवस्थामा पुगेको छ । नाम, झण्डा र चुनाव चिन्ह हात पार्नको लागि जसपाको दुवै पक्ष पार्टी कब्जा गर्ने रणनीतिमा पुगेको छ । 

पार्टी कब्जा गर्नको लागि बहमुत जुटाउन पर्ने हुन्छ । त्यसको लागि दुवै पक्षले भित्रभित्रै प्रयास गरिरहेका छन् । बहुमत गुम्ने डरले जसपाका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले मन्त्री फेर्न सकेसम्म ढिलो गर्ने रणनीति अपनाउने भएका छन् । 

मन्त्री फेर्ने वित्तिकै मन्त्री नभएकाहरू एक ठाउँमा आउने र उनीहरू अध्यक्षविरुद्ध उभिने सम्भावना हुन्छ । उपेन्द्र निकट एक सदस्यले भने, ‘मन्त्री फेरेमा सरकारमा ४ जनामात्र मन्त्री हुन्छन् । मन्त्री हुन नपाएका १३–१४ जना सांसद एक ठाउँमा आउँछन् र उनीहरू अध्यक्ष (उपेन्द्र) को विरुद्ध उभिने सम्भावना रहन्छ ।’ ती नेताले भने, ‘त्यसपछि अर्को लफडा शुरु हुन्छ ।’

उपेन्द्र निकट नेता प्रमोद साहले मन्त्री फेर्ने विषयमा पार्टीभित्र छलफल र गृहकार्य नभएको बताए ।  स्रोतका अनुसार अहिले जसपाका संसदीय दल र कार्यकारिणी समितिमा उपेन्द्र पक्ष बहुमतमा छ । मन्त्री हुने आकांक्षाले अहिले धेरैजसो सांसद तथा कार्यकारिणी समितिका सदस्यहरू खुलेका छैनन् ।  

चार सय ९९ सदस्यीय केन्द्रीय समितिमा भने भट्टराई पक्ष बहुमतमा रहेको भने डा बाबुराम भट्टराई पक्षीय नेताहरूको भनाइ छ । उपेन्द्र निकट अर्का एक नेताले भने, ‘अहिले हामी बहुमतमा छौं । मन्त्री फेर्ने वित्तिकै पार्टीभित्रको आन्तरिक समीकरण फेरबदल हुन सक्छ । यो कुरा अध्यक्ष (उपेन्द्र) ज्यूले राम्रोसँग बुझ्नु भएको छ ।’

मन्त्री फेर्न पार्टी अध्यक्ष यादवले आलटाल गरे पनि मन्त्रीका आकांक्षीहरूले भने सकेसम्म चाँडै मन्त्री फेर्न दबाब दिँदै आएका छन् । ६–६ महिनामा टिम अदल बदल गर्ने पार्टी अध्यक्षले दिएको आश्वासन तत्काल लागू गर्न उनीहरूले यादवलाई विभिन्न किसिमबाट दबाब दिइरहेका छन् । तत्काल मन्त्री नफेरमा पार्टीभित्र दुर्घटना हुने उनीहरूको भनाइ छ । 

मन्त्री फेर्ने विषय बैठकमा उठ्ने भएपछि यादवले बैठक नै बोलाएका छैनन् । यही असार १ र २ गते बोलाउने भनिएको विधान अधिवेशन पनि उनले बोलाएनन् । 

असन्तुष्ट पक्षका नेताहरूले तत्काल बैठक बोलाउन अध्यक्षलाई दबाब दिइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ