arrow

कर्णालीका विद्यार्थीका लागि पोखरामा पुस्तक अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
education nepal.jpg

पोखरा । पोखराका केही युवा विद्यार्थीले कर्णाली प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीलाई पुस्तक अभियान चलाएका छन् । पोखरामा पुराना र नयाँ पुस्तक संकलन गरेर उनीहरुले वितरणका लागि कर्णाली लैजान लागेका हुन् ।

कक्षा १२ को परीक्षा सकेपछि उनीहरु यो अभियानमा लागेका । उनीहरुलाई भाइबहिनीले समेत सघाएका छन् । एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियानलाई अगाडि बढाएको अभियानका सदस्य देव भुजेलले बताए । उनीसंग स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सञ्चिता थापा, विवश रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेल छन् ।

उनीहरुले पोखरा संकलन गरेका किताव र कापी कर्णालीको कालीकोटका विभिन्न गाउँपालिकाका विद्यालयका विद्यार्थीलाई वितरण गर्ने अभियानका सदस्य स्मित लामिछानेले बताए । उनीहरुल कक्षा ५ देखि १० सम्मका विभिन्न विषयका कितावहरु चार हजार थान संकलन गरिएो बताए । संकलन गरेका किताब, कापी र कपडा लिएर उनीहरु मंगलबार बिहान कर्णालीतर्फ लागेका छन् ।

‘समाचारहरुमा किताब नपाएर विद्यार्थीहरु पढ्न नपाएको सुनेका थियो,’ अभियानका सदस्य देव भुजेलले भने, ‘कक्षा १२ को परीक्षा दिएर सकिने बित्तिकै अभियान शुरु गरेका हौं ।’ अभियान थाहा पाएपछि सबैले खुशी हुँदै सहयोग गरेको भुजेलले बताए । उनले कसैले किताब, कपि, कपडा र नगद समेत सहयोग गरेको बताए ।

संकलन भएका सबै किताब, कापी र कपडा सम्बन्धित विद्यार्थीलाई नै दिने अभियानका अर्का सदस्य कृष्ण पौडेलले बताए । ढुवानीका लागि मात्रै एक लाख रुपैया भन्दा बढि खर्च लाग्ने उनले बताए । 

किताब कापी मात्रै नभएर नगद पनि सहयोग गरेका कारण ढुवानीका लागि लाग्ने खर्चसमेत उठेको बताए । उनले पोखरा गौरीघाटमा रहेको होटल रानीवन अर्किटले व्यवस्थापन होटल पार्टनका रुपमा सहयोग गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ