arrow

एक खेलअघि नै श्रीलंकाले जित्यो अष्ट्रेलियाविरुद्धको एक दिवसीय श्रृंखला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
srilanka-australia-odi-win.jpg

काठमाडौं । श्रीलंकाले अष्ट्रेलियाविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ । पाँच खेलको श्रृंखलाको चौथो खेलमा हराएसँगै श्रीलंकाले एक खेलअघि नै श्रृंखला जितेको हो । श्रीलंकाले श्रृंखलामा ३–१ को अग्रता बनाइसकेको छ । 

श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलिया विरुद्धको एक दिवसीय श्रृंखला जितेको हो । कोलम्बोको घरेलु मैदानमा भएको चौथो खेलमा श्रीलंका चार रनले विजयी भयो । 

श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो ।

डेभिड वार्नरले ११२ बलमा ९९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । पाट कुमिन्सले ३५ रन जोड्दा टार्भिस हेडले २७ र मिचेल मार्शले २६ रन बनाए ।

श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो । प्लेयर अफ द म्याच चारिथ असलन्काले १०६ बलमा १ सय १० रनको शतकीय इनिङ्स खेले । धनन्जय डी सिल्भाले ६० रन बनाए । 

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु कुनेमन र पाट कुमिन्सले २–२ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ