arrow

कतै तपाईँको हत्केलामा यस्तो त छैन !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
hand.jpg

काठमाडौं । हस्तरेखा शास्त्रमा रेखाहरूद्वारा बनाइएका विशेष आकारहरू र तिनीहरूको जीवनमा पार्ने प्रभावबारे बताइएको छ। 

हत्केलाको रेखाबाट बनेका यी आकृतिले मानिसको जीवनमा कहिले ठूलो परिवर्तन आउँछ भनेर बताउँछन् । यस्तै एउटा आकृति एमको आकार हो। जब हत्केलामा केही विशेष रेखाहरू एमको आकार बनाउँछन्, तब यो धेरै शुभ मानिन्छ।

जसको जीवन रेखा, मस्तिष्क रेखा र भाग्य रेखा आफ्नो हत्केलामा एमको आकार बनाउँछ, तिनीहरू धेरै भाग्यशाली हुन्छन्।

यी मानिसहरूलाई पैसाको कहिल्यै कमी हुँदैन। गरिब परिवारमा जन्मिए पनि केही वर्षमै अपार धन सम्पत्तिको मालिक बन्छन् ।

यस्ता व्यक्तिले जीवनमा धेरै सफलता पनि पाउँछन् । जुनसुकै क्षेत्रमा करियर बनाए पनि उच्च स्थान पाउँछन् ।

यी मानिसहरूले जीवनभर धन, वैभव र ऐश्वर्य प्राप्त गर्छन् र सम्मान पनि पाउँछन्। 

साधरणतया उनीहरू एकै क्षणमा यति धेरै सफलता हासिल गर्छन् कि आफै पनि अचम्ममा पर्छन्।

यदि जीवन रेखा, मस्तिष्क रेखा र भाग्य रेखा मिलेर हत्केलामा त्रिकोण बनेको छ भने यो पनि निकै शुभ सङ्केत हो ।

यस्ता व्यक्तिले जीवनमा धेरै पैसा र सफलता पनि पाउँछन् तर त्यसका लागि धेरै कुर्नु पर्ने हुन्छ । 

जीवनको अन्तिम दशकमा उ विलासी जीवन बिताइरहेको हुनेछ । ती वर्षहरूमा संसारका सबै सुख प्राप्त हुनेछन्।

अर्कोतर्फ मस्तिष्क रेखा र हृदय रेखाको बीचमा एक्स वा क्रस छ भने त्यस्ता व्यक्तिले पनि धेरै धन पाउँछन् ।

यी मानिसहरू आफ्नो बुद्धि र ज्ञानको आधारमा धनी र लोकप्रिय बन्छन्। 

सामान्यतया यस्ता व्यक्तिहरूले राजनीतिमा राम्रो नाम कमाउँछन् वा कुनै ठूलो काम गरेर धेरै प्रसिद्धि कमाउँछन्।
 



नयाँ