arrow

अधिकांश स्थानमा वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
weather2.jpg

काठमाडौं । आज देशका अधिकांश स्थानमा वर्षा भएको छ । हाल देशको प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीकोसमेत नेपालमा प्रभाव रहेको छ ।

बिहान प्रदेश १, मधेस, बागमती, गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

बिहीबार पनि अधिकांश स्थानमा वर्षा भएको थियो । काठमाडौं उपत्यकामा राति परेको वर्षाले निरन्तरता पाइरहेको छ । बिहान सिमसिम झरी परेको छ । तत्काल मौसम खुल्ने सम्भावना छैन । कतिपय भित्री घरहरुमा अँध्यारो भएको छ । 

शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १ ,बाग्मती, गण्डकी र लुम्बिनीका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ