- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुग्लिन । वर्षासँगै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ । बिहान ६:३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।