arrow

सत्तारस

नेकपा एसमा विद्रोहकाे संकेतः चार मन्त्रीसहित १० सांसदबाट संसदीय दलको बैठक बोलाउन माग 

संसदीय दलको सट्टा पोलिटव्यूरो आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
ncp-united-bidhroha-2079-03-10.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा विद्रोहको संकेत देखिएको छ । मन्त्री फेरबदलको चर्चा भएपछि यसले विद्रोह निम्त्याएको हो । सरकारमा हाल भएका चार जना मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेरबदलको विषयमा पार्टीले निर्णय परिपक्व नगरेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । 

उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् ।

उनीहरुले बिहीबार बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

त्यस्तै संसदीय दलको बैठक बोलाउन माग गर्ने अन्य ६ जना सांसमा कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् ।

उनीहरुले नयाँ मन्त्रीहरुको टिम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्नसमेत माग गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ