arrow

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
Ramchandra shahi i.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक बोर्डिङ स्कूलका सञ्चालकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ स्थित ज्ञानज्योति बोर्डिङ स्कूलका सञ्चालक ४८ वर्षका रामचन्द्र शाही रहेका छन् । 

शाही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । शाहीले विद्यार्थीमाथि बाल यौन दुर्व्यवहार गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 

पक्राउ परेका शाही विरुद्ध बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ