arrow

शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण अभियानमा वामदेव, यस्तो छ प्रस्ताव [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
bamdev-gautam-ncp-1619856204.jpg

काठमाडौं । एमालेबाट अलग भएर स्वतन्त्र बसेका प्रभावशाली कम्युनिष्ट नेता वामदेव गौतम राजनीतिमा फेरि सक्रिय हुने प्रयासमा रहेका छन् । नेकपाकालीन संगठनलाई व्युँताउनका लागि काठमाडौंमा पार्टी एकता राष्ट्रिय अभियानको थालनी गर्दै उनले सक्रिय हुने प्रयास गरेका हुन् । उनी त्यसका संयोजकसमेत रहेका छन् ।  

गौतम आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता ब्युँताउने उद्देश्यले पार्टी एकता समन्वय समिति गठनको प्रस्ताव गर्दै सक्रिय भएका हुन् । ललितपुरस्थित धोबीघाटमा अभियानको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अन्य वाम पार्टीहरूबीचको एकता अगाडि बढाउन गौतमले एकता समन्वय समितिको प्रस्ताव गरेका हुन् । 

प्रतिवेदनमा समितिको संयोजक नखुलाइए पनि गौतमले एकता अभियानको पुनः नेतृत्व लिन खोजेका छन् । उनले यसअघि यस्तो प्रयास गरेका थिए । तर असफल भएपछि रोकिएका थिए । 

‘आज विकसित परिस्थितिले २०७७ साल फागुन २३ गते विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनर्गठन गर्ने अवस्था सिर्जना गरेको छ । परिस्थितिको यो बाध्यात्मक अवस्थालाई नेकपाका सबै घटकहरूले आत्मसाथ गर्न सक्दा हाम्रो अनुमान यथार्थमा परिणत हुन सक्नेछ। उपरोक्त उद्देश्य प्राप्तिका निम्ति तत्काल प्रयत्न शुरु गर्न यो भेलाले पार्टी एकता समन्वय समिति निर्माण गर्ने निर्णय गर्नेछ,’ प्रतिवेदनमा भनिएको छ । 

प्रतिवेदनमा उनले अगाडि भनेका छन्, ‘पार्टी एकता समन्वय समिति नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहको रूपमा रहनेछ। यसका सबै किसिमका दस्ताबेजहरू नेपाल कम्युनिस्ट पार्टीका दस्ताबेजसरह रहनेछन्। त्यसपछि यो अभियान पार्टी एकता समन्वय समितिमा रूपान्तरण हुनेछ। यस भेलाले समन्वय समितिले अवलम्बन गर्ने सिद्धान्त, नीति र विचारहरूका सम्बन्धमा आवश्यक निर्णय गर्नेछ।’ 

उनको सो अभियानमा एमाले र माओवादीका कतिपय नेताहरुको पनि सहभागिता रहेको थियो । गौतमले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण भएपछि प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने गरी शासकीय स्वरूप र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी निर्वाचन प्रणाली हेरफेरका लागि संविधान संशोधनको प्रस्ताव पनि अगाडि सारेका छन् । 

यस्तो गौतमको प्रस्तावको पूर्ण पाठः



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ