arrow

बुढानीलकण्ठबाट सात जना जुवाडे पक्राउ, को-को हुन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
juwade 1.jpg

काठमाडौं । प्रहरीले जुवा तास खेलिरहेका सात जनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरी प्रभाग कपन काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो २ बजे उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरु काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी नजिकै जुवातास खेलिरहेका थिए । 

उनीहरुको साठबाट ८८ हजार ५१५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि तालुक प्रहरी बृत्त बौद्ध पठाईएको छ ।

 पक्राउ परेका व्यक्तिको विवरण

१. काठमाण्डौ बुढानीलकण्ठ न.पा. वडा नं.०२  बस्ने बर्ष ५६ को कृष्ण काजी श्रेष्ठ ।
२. काठमाण्डौ बुढानीलकण्ठ न.पा. वडा नं.१३ चुनिखेल  बस्ने बर्ष ५५को निरज गौतम ।
३. काठमाण्डौ बुढानीलकण्ठ न.पा. वडा नं.१० बालुवाखानी बस्ने बर्ष ४७ को काले तामाङ 
४. जिल्ला नुवाकोट स्थाई घर भई हाल काठमाण्डौ जिल्ला बुढानीलकण्ठ न.पा. वडा नं.१० बालुवाखानी बस्ने बर्ष ३४ को सुर्य बहादुर तामाङ ।
५. जिल्ला संखुवासभा साबिक हटिया गा.बि.स. वडा नं. ०३ स्थाई काठमाण्डौ जिल्ला बुढानीलकण्ठ न.पा. वडा नं.१० बालुवाखानी बस्ने बर्ष २८ को आङछिरिङ भोटे ।
६. जिल्ला सिन्धुपाल्चोक बार्हबिसे न.पा. वडा नं. ०३ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला बुढानीलकण्ठ न.पा. वडा नं.१० बालुवाखानी बस्ने बर्ष ४३ को खड्क बहादुर गुरुङ ।
७. जिल्ला पर्सा भिष्मा गा.पा. वडा नं.०५ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला बुढानीलकण्ठ न.पा. वडा नं.१० बालुवाखानी बस्ने बर्ष ४७ को राजिब कुमार ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ