- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आयरल्याण्ड विरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । डब्लिनमा भएको खेलमा घरेलु टिमले दिएको १०९ रनको चुनौती भारतले ९.२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको आयरल्याण्डले १२ ओभरमा झारिएको खेलमा ४ विकेटको क्षतिमा १०८ रन बनायो । ह्यारि टेक्टरले ३३ बलमा अविजित रहँदै ६४ रन जोडे ।
भारतका लागि युजभेन्द्र चहल, भुवनेश्वर कुमार, हार्दिक पाण्डेया र आभेश खानले १–१ विकेट लिए ।
जवाफमा भारतले ९.२ ओभरमा दीपक होडाको २९ बलमा अविजित ४७, इशान किशनको ११ बलमा २६ तथा कप्तान हार्दिक पाण्डेयको १२ बलमा २४ रनको मद्धतले ३ विकेटको क्षतिमै जित निकाल्यो ।
यो जितसँगै भारतले दुई खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो खेल मंगलबार राति ९ः१५ बजे शुरु हुनेछ । यो श्रृंखलापछि भारतले इङ्गल्याण्डसँग टेष्ट श्रृंखला खेल्नेछ ।