arrow

देशैभर मौसम बदली, धेरैजसो स्थानमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
weather-rain-2079-03-13morning.jpg

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि सिमसिम वर्षा भइरहेको छ । मौसम तत्काल खुल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर दिउँसो पनि देशभर सामान्य बदली रहनेछ ।

देशभरका पहाडी भू(भागका धेरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

मंगलबार र बधुबार पनि वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । 

सोमबार पनि अधिकांश स्थानमा वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ