arrow

जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने

logo
एएफपी,
प्रकाशित २०७९ असार १३ सोमबार
japan-temperature-rise.jpg

टोकिया। जापानमा गर्मी बढ्दो रूपमा रहेको पाइएको छ। यहाँका अधिकारीहरूका अनुसार यहाँ प्रत्येक दिन जसो बढी भन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ। 

अधिकारीहरूले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन्। उनीहरूका अनुसार यहाँको तातो हावा र गर्मीका कारण ऊर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ। 

बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेष गरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ। 
यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ । 
यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र  मौसमबाट बच्न सक्ने उपायहरू अपनाउन सूचना पनि जारी गरेको छ । 

जापानको मन्त्रिपरिषद्का प्रवक्ता यो सिहिको इसोजाकीले सर्वसाधारणहरूलाई  अति आवश्यक बाहेकका काममा बाहिर ननिस्किन, इन्धनको खपत कम गर्न पनि  आग्रह गरिएको जानकारी सोमबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा दिनुभएको समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ