- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट हुँदैमा समाजवाद नआउने बताएका छन् ।
सोमवार राजधानीको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने ‘विगतमा भएका असमानता सच्याउनुपर्छ । वर्गीय विभेद, जात र कल्चर डिस्क्रेप्सन समाजवादको बाधा हो, कम्युनिष्ट हुँदैमा समाजवाद आउँछ भन्ने हुँदैन ।’
अध्यक्ष यादवले जन्मका र लिङ्गका आधारमा विभेद हुँदासम्म मुलुकमा समाजवाद आउने सम्भव नभएको बताए । उनले भने ‘यी विभेदहरू जबसम्म अन्त्य हुँदैन तबसम्म समाजवादको कल्पना गर्न सकिँदैन ।’