arrow

लेदो हटाएपछि नारायणगढ-मुग्लिन सडक खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
mugling-narayangadh.jpg

काठमाडौं ।  वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २:४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । 

लेदो हटाएर बिहान ५:१० बजे दुइतर्फी पुन: सञ्चालन गरिएको सडकमा पुन ६:१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । 

अहिले ६:३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ