arrow
ADVERTISEMENT

ट्रक चालकलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
pakrau syangja.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ट्रक चालकलाई अभद्र व्यवहार गर्ने दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाकै पुतलीबजार नगरपालिका वडा नं. ३ का २४ वर्षका प्रशान्त गोर्खाली र वर्ष २३ का सौगात जिटी रहेका छन् । 

प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार आइतबार बिहान सिद्धार्थ राजमार्गस्थित भैरहवाबाट पोखरा आउँदै गरेको ग१ख ६२२२ नम्बरको ट्रक जवरजस्ती रोकेर चालक प्रदीप विकसंग रकम मागेका थिए । चालकले पैसा दिन मानेपछि चालक विकमाथि उनीहरुले अभद्र व्यवहार गरेका थिए । 

प्रहरीले उनीहरुमाथि अभद्र व्यवहार मुद्धा दर्ता गरी सोमबार जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य शुरु गरेको प्रवक्ता खनालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ