arrow
ADVERTISEMENT

पेस्तोलसहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
pakrau9.jpg

धादिङ । धादिङमा प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनियाबास गाउँपालिका वडा नं. २ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनाश तामाङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार उनीहरुको डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद भएको थियो । 

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आरोपितहरूले हतियार राखेर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो ।

आरोपित दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ