arrow

चीन बीआरआईमार्फत नेपालमाथि वर्चश्व जमाउँदै, यस्तो छ सम्झौतापत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
belt-and-road-initiative-2017-may12-shankardas-yu-hong.jpg

काठमाडौं । चीनले नेपालमाथि वर्चश्व जमाउन खोजेको पाइएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत चीनले नेपालमाथि आफ्नो वर्चश्व जमाउन खोजेको पाइएको हो । 

बीआरआईमार्फत चीनले नेपालमा अर्थतन्त्र, सर्तहरु र निहित स्वार्थहरु थोपर्न खोजेको पाइएको हो । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्दै सम्झौताको विवरण सार्वजनिक गरेसँगै चिनियाँ स्वार्थ बाहिरिएको हो । 

नेपाल र चीनबीच पाँच वर्षअघि भएको बीआरआई सम्झौता ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डिङ (एमओयू) को पूर्ण पाठले नेपाल सरकार र चीनले लुकाएका धेरै विषयकोसमेत खुलासा भएको छ ।

यो सम्झौता गर्दा सत्ता माओवादी केन्द्रका अध्यक्ष पुपकलम दाहाल प्रचण्डको हातमा रहेको थियो । नेपाली कांग्रेससमेत सत्तासाझेदार दल रहेको थियो । सम्झौतामा नेपालका तर्फबाट तत्कालीन परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यो होङले हस्ताक्षर गरेका थिए ।

सो सम्झौतामा गरिएको हस्ताक्षरले विश्वको दोस्रो आर्थिक शक्ति रहेको चीनले नेपालमाथि स्पष्ट रुपमा प्रभुत्व निर्माण गर्न, नेपालमा आफ्नो मुद्रा सञ्चालन र आफ्नो बस्तु तथा सेवा नेपालमा शुन्य भन्सारमा बिक्री गर्न खोजेको देखिन्छ।


सम्झौताको धारा २ को उपधारा ३ मा व्यापार सम्बन्ध विस्तारको बारेमा चर्चा गरिएको छ । जसमा चीन–नेपाल स्वतन्त्र व्यापार सम्झौताको संभाव्यता बारेमा सन् २०१७ भित्र अध्ययन गर्ने र संभव देखिएमा दुई पक्षको व्यापार र बजारलाई विस्तार गर्नका लागि सम्झौताका लागि वार्ता शुरु गर्ने उल्लेख गरिएको छ । 

यति ठूलो सम्झौता सरकारले सार्वजनिक नगर्नुको पछाडिको कारण अझै खुल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ