- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विद्युतीय कार कम्पनी टेस्ला एवं स्पेस एक्सका मालिक एलन मस्कले ट्विटरमा फलोअर्सको संख्या १०० मिलियन पार गरेका छन् ।
यससँगै विश्वका लोकप्रिय एवं चर्चित उद्यमीमध्येका एक मस्क ट्विटरमा नौं अंकको फलोअरको संख्यामा पुग्ने छैटौं प्रयोगकर्ता बनेका छन् ।
सोसल ब्लेडका अनुसार मस्कले यो आंकडा हात पार्न २६ र २७ जुनको बीचमा १ लाख ५० हजार भन्दा बढी फलोअर्स प्राप्त गरेका थिए ।
मस्कले ट्विटरमा बढी चर्चा पाउनुको हालैको एक कारण उनले ४४ अर्ब अमेरिकी डलरमा यो प्लेटफर्मनै किन्न खोजेको कारणसमेत हो ।
मस्कबाहेक यसअघि नै पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा, क्यानेडाली अमेरिकी गायक जस्टिन बिबर, अमेरकी गायिका केटी पेरी, बार्बाडियन गायिका रिहाना र फुटबल प्लेयर रोनाल्डोका पनि १० करोड फलोअर्स रहेका छन् ।