arrow

मनको लड्डु खाँदै माधव नेपाल, प्रधानमन्त्रीको अफर आएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
prachanda-madhav-laddo.jpg

काठमाडौं । गठबन्धन सरकारको एक दल नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको बताएका छन् । एक महिनाअघि पनि प्रधानमन्त्रीको प्रस्ताव आएको बताइए पनि मंगलबार साँझ कार्यकर्तामाझ प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका हुन् । 

राष्ट्रिय प्रतिनिधि परिषदको बैठकलाई मंगलबार  साँझ सम्बोधन गर्दै आफूलाई कहीँ कतैबाट प्रधानमन्त्रीको अफर आएको बताएका हुन् । ‘मलाई केही दिन अघि मात्रै यो बैठक राख्ने तयारी गरिरहँदा कहीँ कतैबाट कोही व्यक्तिले प्रधानमन्त्रीको प्रस्ताव गर्नुभयो तर मैले यस्ता विषयहरु नल्याउनुस् भनिदिएँ’, अध्यक्ष नेपालले भने । 

माओवादी र एमालेबीच वामगठबन्धनको कुरा चलिरहेका बेला अध्यक्ष नेपालले सो प्रस्तावलाई कार्यकर्तामाझ सार्वजनिक गरेका हुन् । केही दिनअघि चिनियाँ कम्युनिष्ट पार्टीका नेताले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भिडियो संवाद गरेका थिए । 

सो संवादको क्रममा नेपालमा वामपन्थी शक्तिहरु पुनः एक हुनुपर्ने र त्यसमा सबै पक्षलाई मिलाएर लैजान आग्रह गरेका थिए । त्यही सन्दर्भको अघि र पछि एमाले र माओवादीका नेताहरुले वामगठबन्धनबारे एकापसमा कुराकानी गरिरहेका थिए । 

एमालेका नेताहरुले वामगठबन्धनको विषयमा लामो समयदेखि छलफल गरिरहेका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसँग दोस्रो तहका नेताहरुले पनि कुराकानी गरिरहेका छन् । 

प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेकपा एसका नेताहरुसँग पनि कुराकानी गरिहेका छन् । स्रोतका अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेलले एसका अध्यक्ष नेपालसँग घरमै पुगेर भेटघाट गरेका थिए । 

तर यो विषय सार्वजनिक नहुँदै एस अध्यक्ष नेपालले भने –‘कोही साथीले प्रधानमन्त्रीको अफर लिएर आउनु भयो, यस्ता प्रस्तावहरु छन्, तर म समग्र साथीहरुको हित चाहन्छु र तत्कालका लागि यस्तो प्रस्तावमा मेरो कुनै टिप्पणी छैन ।’

एमाले र माओवादीका नेताहरुले वामगठबन्धनको विषयमा छलफल गरिरहेका छन् । एमाले अध्यक्ष ओलीसँग माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समेत भेटघाट गरी वामगठबन्धनको विषयमा छलफल गरेका थिए  । 

एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरी वामगठबन्धनको विषयमा छलफल गरेका थिए । केही दिनअघि ओली र प्रचण्डको भेटघाट गराउने तयारीसमेत भएको थियो । 

तर एमाले अध्यक्ष ओलीले तत्काल समय उपलब्ध नगराएका कारण रोकिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ