arrow

१२ देखि ५५ वर्षसम्मका महिलाको मृत्यु भए अध्ययन अनुसन्धान गरिने

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ असार १५ बुधबार
mahila-research-darchula.jpg

दार्चुला । १२ देखि ५५ वर्षसम्मका महिलाको मृत्यु भए अध्ययन अनुसन्धान गरिने भएको छ । चालु आर्थिक वर्षमा दार्चुला जिल्लामा लागू गरिएको कार्यक्रम मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्यअन्तर्गत सो उमेर समूहका महिलाहरुको अध्ययन अनुसन्धान गरिने भएको हो । 

यो कार्यक्रम अहिले नेपालका १२ जिल्लामा मात्र लागू छ । महिलाहरुको गर्भावस्था, सुत्केरी तथा गर्भ पतन गराउँदाका अवस्थामा मृत्यु भए अनुसन्धान गरिने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । 

यसले जिल्लामा मातृ तथा पेरिनेटल मृत्यु कति हुन्छ भन्ने तथ्यांक पनि एकिन हुने उनको भनाइ छ । यसअघि जिल्लामा कयौँ महिलाको यो अवधिमा मृत्यु हुने भए पनि कुनै अध्ययन, अनुसन्धान भने हुने गरेको थिएन । 

यसको लागि जिल्लाका ३ सय ८० स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । यदि कुनै महिलाको मृत्यु भयो भने मृतकको घरमै गएर अनुसन्धान गरिने स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए । 

गर्भावस्था, सुत्केरी र गर्भपतनको अवस्थाका बाहेक मृत्यु भएको भए स्वास्थ्यकर्मीले अध्ययन अनुसन्धान नगर्ने उनको भनाइ थियो । नेपालमा १ हजार १ सय महिलाको प्रत्येक वर्ष मृत्यु हुने गर्दछ । 

अधिकांस महिलाको २० देखि २४ वर्षको उमेरमा मृत्यु हुने तथा अधिकतम महिलाको मृत्यु बच्चा जन्मेको ४८ घण्टाभित्र हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ