arrow

तीन दिनसम्म यस्तो छ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
climate.jpg

काठमाडौँ । आज बिहान मुलुकका धेरै स्थानमा धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ भने राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

शुक्रवार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिवार पहाडी भूभागका  धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ