arrow

विनोद चौधरीका साथी मार्कोस फिलिपिन्सका राष्ट्रपति, सपथ ग्रहणमा सहभागी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
binod-chaudhary-philippines-president-bongbong-marcos.jpg

काठमाडौं । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोसको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरी सहभागी भएका छन्  । 

बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । मार्कोस चौधरीका साथी हुन् । 

उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवतः एक्लो व्यक्ति हुन् । उनी नेपाली राष्ट्रिय पोशाक दौरा सरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । 

सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए । नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे । 

चौधरी ग्रुपका अध्यक्ष चौधरी आर्थिक विज्ञमात्र नभइ परराष्ट्र नीतिमा पनि उत्तिकै दख्खल राख्छन् । 

मार्कोस  फिलिपिन्सका १७औं राष्ट्रपति हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ