arrow

प्रधान सेनापति शर्मा र अमेरिकी सेना प्रमुखबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
pravu-sharma.jpg

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई देशबीचको सैनिक सम्बन्ध एवं पारस्परिक सम्बन्ध र हितका विषयमा छलफल तथा विमर्श भएको सेनाले बताएको छ ।

यस्तै प्रधान सेनापति शर्माले बिहीबार अमेरिकी सेनाका उपप्रमुख एड्माइरल क्रिस्टोफर डब्ल्यू ग्रेडी र दक्षिण र पूर्वी एसिया मामिला हेर्ने रक्षा मन्त्रालयकी उप सहायक सचिव लिन्डसे डब्लू फोर्डसँग भेटवार्ता गरेका छन् ।

यस्तै प्रधान सेनापति शर्मा सहितको प्रतिनिधिमण्डलको टोलीले बुधबार राष्ट्रिय रक्षा विश्वविद्यालयको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ ।

यस्तै प्रधान सेनापति  शर्मासहित प्रतिनिधिमण्डलको टोलीले मंगलबार पेन्सिलभेनियाको कार्लिस्लेमा रहेको युनाइटेड स्टेट्स आर्मी वार कलेज र युनाइटेड स्टेट्स आर्मी हेरिटेज एण्ड एजुकेशन सेन्टरको भ्रमण गरेको सेनाले जनाएको छ ।

प्रधान सेनापति शर्माले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली शान्ति सैनिक तैनाथ लेवनानस्थित युनाइटेड नेसन अन्तरिम फोर्स इन लेवनान मिसन र सिरियास्थि युनाइटेड नेसन डिसेनगेज्मेन्ट अब्जर भेसन फोर्स मिसनको निरीक्षण सम्पन्न गरी असार १३ गते अमेरिका प्रस्थान गरेका थिए।

अमेरिका भ्रमणका क्रममा प्रधान सेनापति शर्माले उच्चस्तरीय रक्षा अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । नेपाली सेनाले कुनै नयाँ सम्झाैता नगरेकाेसमेत जनाएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ