arrow

शेखर समूहको आरोपः देउवा गठबन्धनको सभापति जस्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
shekhar-gagan-team-meeting.jpg

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा कांग्रेसको नभइ पाँच दलीय सत्ता गठबन्धनको सभापति जस्तो भएको आरोप लगाएको छ । काठमाडौंमा सम्पन्न दुई दिने भेलामा शेखर पक्षले देउवालाई कांग्रेस सभापतिका रुपमा नेता कार्यकर्ताले पाउन नसकेको आरोप लगाएको हो । 

नेता कार्यकर्ताले ढुक्क भएर कांग्रेस सभापतिसँग आफ्ना भावना पोख्नसमेत नपाएको शेखर पक्षको आरोप छ । बैठकले पार्टी विधिविधानअनुरुप चल्न नसकेको, सरकारले सुशासन दिन नसकेको लगायतका पाँच बुँदे निष्कर्ष निकालेको छ । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन गरेर देउवाको नेतृत्वमा सरकार बनेपछि जनताले सकारात्मक नतिजा पाउने अपेक्षा गरे पनि सो अनुसार हुन नसकेकोसमेत निष्कर्ष निकालिएको छ । 

शेखर समूहले बजेट निर्माणका बेलामा करका दर तोक्ने बेलामा अर्थमन्त्री जनार्दन शर्माले देखाएको त्यतिठूलो घोटालालाई पनि सामान्य रुपले लिएर देउवाले कारबाही नगरेको भन्दै आपत्ति जनाएको छ । 

बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई धेरैभन्दा धेरै सफलता दिलाउन गाउँगाउँसम्म परिचालित भएर लागि पर्ने निर्णय पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ