arrow

चरमोत्कर्ष

logo
डा. बद्रीप्रकाश ओझा,
प्रकाशित २०७९ असार १८ शनिबार
dr-badri-prakash-ojha-article.jpg

मलाई श्रुतीले सन् २००६ मा फेसबुकको लिंक दिइन् । त्यतिबेला फेसबुक र मार्क दुवै कलिला थिए । मैले फेसबुक खोलें । त्यतिबेला नेपालमै बसेकामध्ये शायद फेसबुके म टप टेनमै पर्दो हुँ । पछि ह्युमानिस्ट ग्रुपमा संसारभरबाट लगइन गर्न थालेपछि मेरो फेसबुक करप्ट भयो र यो खोलें । 

ऊ बेला अहिले जस्तो घरघरमा इन्टरनेट थिएन । दिनमा ५–६ घन्टा साइबरमा झुण्डिनुपर्ने । सोमध्ये आधा समय त एउटी अमेरिकी आधाशतककीसँग जिस्किनमा बित्थ्यो होला । धेरैले मलाई यो बुढो पोर्न हेर्न आउँछ भन्ने शंका पनि गर्थे । आक्कलझुक्कल नहेरेको पनि होइन तर त्यही उद्देश्य भने राखिएन । 

पहिलो फेसबुकमा ती अमेरिकी महिला मित्र बनिन् । बेजोड दोस्ती भयो । उनी त्यस्तै मभन्दा पाँच वर्षजति जेठी । पछिपछि मलाई लोभ्याउन थालिन् तर च्यान्स मिलेन । कारण म पहिले नै शहीद भैसकेको थिएँ र मलाई अर्को भारी बोक्ने चाह थिएन । 

हामी खुब फ्लर्ट गथ्र्यौं । उनले एक भारतीय ब्वाइफ्रेन्ड बनाइन् । मैले बधाइ दिएँ । मलाई जानकारी नै नदिई बैंगलरु आइछन् । एक महिना बसेर फर्केपछि मात्र बताइन् । 

मलाई रीस उठ्यो तर दोस्ती कटाइन । पछि जब त्यो केटासँग उनको सम्बन्ध बिग्रियो अनि उनले भारत बसाइका हरेक क्षण विस्तार लगाइन् । मैले उनलाई भनेँ तिमी भिसा गर्ल बन्छौ, त्यसैले अमेरिका बाहेक अरु देशका वर नखोज । तर उनलाई जवान वर चाहिने । जुन देशको भए पनि । 

मैले एउटा नेपाली वर खोजिदिएँ तर बिहे गरेर २ वर्ष नेपालमा सँगै बसेपछि मात्र भिसा पाइन्छ भनेपछि लड्को डरायो । 

‘सीधै जान पाए त जान्थेँ तर यहाँ गाउँमा त्यत्री मोटी बुढी कसरी लिएर हिन्नु दाजु’ भन्यो । यस्तो भेदपूर्ण भाषा प्रयोग गर्यो भनेर मलाई गाली नगर्नुहोला त्यो उसकै शब्द हो मैले त केवल कोट मात्र गरेको हुँ । 

मैले पनि साथीको आवश्यकता महसुस गरी ‘भाइ यतै काठमान्डु बस न’ भनेँ । तर दशैंमा त जानैपर्यो । त्यसैले त्यो २५ वर्षे बेरोजगारले आँट गरेन । राम्रो भो ऊ अहिले अधिकृत भयो । 

ती मेरी साथीलाई एक पटक साह्रो मजा भएछ, जब उनी टु मिनी वान पिस लगाएर बंैगलरुको सडकमा निस्किइन् । जिब्रो पड्काउने र पिछा गर्ने लर्को लागेर हैरान । 

तर मेरी साथी भने मुसुमुसु हाँस्थिन् रे । कारण उनलाई करिब २० वर्षपछि यसरी केटाहरुले जिस्क्याएका रहेछन् । उनी त्यसलाई जिस्क्याइ नमानी प्रेज मान्थिन् । 

मैले भनेँ, ‘तिमीलाई राम्री देखेर त्यसो गरेका होइनन् बरु तिम्रा अँठिया केराका थामजस्ता खुट्टा अझ जनेन्द्रिय आसपासको क्षेत्र देखेर त्यसो गरेका हुन् ।’

उनले भनिन्, ‘तिमी जे भन तर मलाई साह्रो मज्जा आएको थियो ।’
 
अब यताको कुरा गरौं । म दैनिक झण्डै २ घण्टा, अझ मौका मिले ३–४ घण्टा नै क्लब हाउसमा झुन्डिन्छु । खास गरी बिहानको न्यूज गफ, दिउँसोको फ्रिडम सिकर र बेलुकाको लिम्बुवान एक्सप्रेस अल्मोस्ट छुटाउँदिन । कथंकदाचित डेटा नचल्ने ठाउँमा पुगे मनै कुँडिन्छ । 

एक पटक म बियर खाँदैथिएँ । रुमको नाम बिर्सें । महिलाले चलाएकी थिइन् । उनको लवज हेर्दा भर्खर किशोरावस्था टारेकी झैं लाग्थ्यो । 

टपिक थियो कुमारी आमा । मैले नेपाली महिलाको उदाहरण दिएँ । उनी निकै उत्साहित भइन् । जब मैले  नारीको यौनेच्छाबारे कुरा निकालेँ बहिनी बिच्किइन् । कारण थियो, मैले प्वाक्क भन्दिएँ, ‘एक नारीलाई एक पुरुषले सन्तुष्टि दिन सक्दैन दुई पुरुष चाहिन्छन् ।’

उनले यसलाई नारीको अस्मितामाथिको प्रश्न बनाइन् । मैले धेरैवटा उदाहरण दिए पनि उनले बीचैमा रोकिन् र म बोल्न छोडेँ । 

मैले ती मेरी अमेरिकन साथीको उदाहरण पनि दिएँ । बहिनीले त बिचरा उनलाई पो गाली गरिन् । 

त्यसपछि मलाई महिलाको हालतबारे लेख्न मन लाग्यो र आज मौका पाएँ । 

हामी किन यौनप्रति यति कुदृष्टि राख्छौं होला भन्ने लाग्छ । म आफैं पनि खुलेर बोल्न त धकाउँछु । 

तर ओशो जसलाई म आफ्नो मार्गनिर्देशक मान्दछु उनले भने यौनबारे साह्रो वैज्ञानिक विचार राखेका छन् । 

उनका करिब १० हजार पुस्तकमध्ये फ्रम सेक्स टु सुपरकन्ससनेस साह्रै विवादित बन्यो । 

उक्त पुस्तकमा कतै यसरी, यस्तो आसनमा यौन गर भनेको छैन । तर किताबको नामै काफी भो आलोचकका लागि । 

हुँदाहुँदा आफूलाई निकै नै ठूलो सन्त मान्ने एक भारतीय दारिवालले ओशोको आलोचना गर्दै यदि सेक्सबाट सुपरकन्ससनेस आउने भए त भँगेरो उहिल्यै बुद्ध बन्थ्यो भनेका मात्र के थिए केटी काण्डमा अहिले हावा खाँदैछन् । विचरा उनलाई के थाहा पशुपन्छीको मानसिक अवस्था । 

ओशोले सेक्सबाट नै ध्यानको जन्म भएको तर्क गरेका छन् । सेक्सको चरम अवस्था नै ध्यान हो भन्छन् । 

यसका लागि उनले सेक्सको चरमोत्कर्ष, अग्र्याजमका बेला हाम्रो विचार शून्य हुन्छ र मानिस आनन्दित हुन्छ । 

त्यो आनन्द उसले बिर्सन सक्दैन । चौबीसै घन्टा सेक्सको पछि लाग्छ । पुरुषको स्वभाव बहिर्मूखी भएकाले ऊ बढी एक्सप्रेस गर्छ । 

तर महिलाको स्वभाव अन्तर्मूखी भएकाले उनी एक्सप्रेस गर्दिनन् । उनी महसुस गर्छिन् । त्यसैले महिला यौनक्रिडाका बखत आँखा चिम्लिन्छन् भने पुरुष आँखा हेरेर उक्त कर्म गर्छन् । 

विचार शून्यको एकमात्र अवस्थामा हामी शरीरबाट बाहिर जान सक्ने अवस्था हो भन्ने ओशोको तर्क छ । 

ओशोको यो तर्कपछि म र मेरी अमेरिकी साथीले एउटा सर्वेक्षण गर्यौं । यसमा धेरै मानिस जोडिएनन् ।

कारण गोपनीयताका हिसाबले मानिस आफ्नो विचार राख्न डराए । तैपनि हामीले एक सातासम्म यस सर्वेक्षणलाई अनलाइनमा राख्यौं । 

विश्वभरबाट जम्मा १२ भोट आयो । तीमध्ये सातामा एक पटक पनि यौनकर्म नगर्ने कोही भेटिएनन् । 

त्यस्तै सातामा एक पटक गर्ने एक जनाले सर्वेक्षणमा भाग लिएका थिए । 

त्यस्तै दिनमा एक पटक, सातामा २–३ पटक र हरेक एक दिन बिराएर यौनमा लाग्ने क्रमशः दुई दुई जनाले भाग लिए । 

तर दैनिक भाग लिनेहरु भने सबैभन्दा बढी ४१.७ प्रतिशत अथवा ५ जना भेटिए । 

यो सर्वेक्षण गुगलमा अझै पनि छ । तर न त उसको नाममा न त मेरो नै । हामीले अध्ययनलाई गोप्य राखे भविष्यमा पनि अरु अध्ययन गर्न पाइएला भन्ने आशा गर्याैं र अध्ययन अझै जारी छ । (संचारकर्मीसमेत रहेका डा. ओझाले कृषि सञ्चारमा विद्यावारिधि गरेका छन्) 
 



नयाँ