arrow

नेपालले अभ्यास खेलमा हरायो ओन्टारियोलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
nepal-cricket-canada-match.jpg

काठमाडौं । क्यानाडासँगको एक दिवसीय शृंखलाका लागि क्यानाडा भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ ।

शुक्रबार राति नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सबै विकेट गुमाउदै  १५१ रनमा समेटियो । ओन्टारियोका रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए । यस्तै कप्तान नरेश बुढाऐरले २९, निकोलस मनोहरले २५ रनको योगदान गरे । 

नेपालका पवन सरार्फले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रनको योगफल बनायो । 

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए । यस्तै, आसिफ शेखले ४२, देव खनालले २७,  बसिर अहमेदले २४, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रनको योगदान गरे । ओन्टारियोका शील पटेलले ३ विकेट लिए ।  

अब नेपालले क्यानाडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ । पहिलो खेल सोमबार र दोस्रो खेल मंगलबार हुनेछ । 

त्यसपछि नेपालले स्कटल्याण्डमा नामिबियासमेत सहभागी रहेको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ