arrow

एमालेले १३ विभागमा गर्‍यो सचिव मनोनयन, को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
uml-sachibalaya-2079-03-19.jpg

काठमाडौं । नेकपा एमालेले विभिन्न केन्द्रीय विभागका सचिवहरू मनोनयन गरेको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए  ।

जसअनुसार वित्त तथा आर्थिक विभागमा डा भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभागा मोहिनी खनाल, श्रम तथा रोजगार विभागमा जनक चौधरी तथा संसदीय विभागमा डा सूर्य पाठक सचिवमा मनोनित भएका छन् । 

त्यस्तै सामाजिक सेवा विभागमा नेत्र तिम्सिना, संस्कृति विभागमा राजेश थापा, स्थानीय तह विभागमा हर्क राई, प्रचार तथा प्रकाश विभागमा गगन विष्ट, परराष्ट्र विभागमा डा अन्जान शाक्य रहेका छन् । 

त्यसैगरी संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना र कानून विभागमा डिल्लीराम मैनाली सचिवमा मनोनित भएका छन् । 



नयाँ