arrow

ओलीलाई एक्लै पार्दाका तत्कालीन नेकपाका सदस्यहरुबीच अपार्टमेन्टमा भेटवार्ता, अब पालो कांग्रेसको ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
prachanda-madhav-jhalanath-bamdev-narayankaji.jpg

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच आइतबार भेटवार्ता भएको हो । 

हात्तीवन स्थित एक अपार्टमेन्टमा उनीहरुबीच भेटवार्ता भएको स्रोतको भनाइ छ । माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सार्वजनिक गरेकी हुन् ।

त्यस क्रममा नेताहरुबीच पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनबारे छलफल भएको बताइएको छ । 

नेताहरुबीच यसप्रकारको छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको छ । 

पछिल्लो समय पाँच दलीय गठबन्धनबाट माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी मिलेर कांग्रेसलाई ठेगान लगाउनेसम्मको षड्यन्त्र भइरहेको बताइन्छ । अर्कातर्फ कम्युनिष्टहरु फुटाउने र जुटाउनेमा वामदेव गौतम सबैभन्दा अगाडि रहेकोसमेत बताइन्छ । 

हालैमात्र गौतमले नयाँ पार्टी खोलेका छन् । उनी वामगठबन्धन गर्नुपर्नेमा छन् । 

माधव नेपाल र झलनाथले त खुलेरै कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफूलाई धोका दिएको आरोप लगाउँदै आएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पनि कांग्रेसले आफूलाई भोट नदिएको बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ