arrow

खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
climate.jpg

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । 

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

महाशाखाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको जनाएको छ । त्यसै गरी नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

 मनसुनी प्रभावका कारण देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ