arrow

अमेरिका भ्रमण पूरा गरी प्रधानसेनापति शर्मा फर्किए, जंगीअड्डामा स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
prabhuram-sharma-army-chief-2079-03-20.jpg

काठमाडौं । अमेरिकासहितको भ्रमण पूरा गरी प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् । उनलाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डामा स्वागत गरिएको हो । 

लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो । 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ