arrow

अधोगतिमा नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
nepse-news-aaja.jpeg

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ३० दशमलव ५९ बिन्दूमा झरेको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर ४९ हजार ४१६ पटकमा रू २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ मा खरीद बिक्री भएको छ । गत सोमबार पनि नेप्से परिसूचक ९ दशमलव ७५ अंक घटेको थियो ।

कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी यो दिन सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ६० प्रतिशत घटेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू २११ मा झरेको हो । त्यसैगरी दोस्रोमा दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ५ दशलमव ९२ प्रतिशत घटेर रू २०५ कायम भएको छ । 

यो दिन सर्वाधिक खरीद बिक्री सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । कम्पनीको रू ३० करोड २० लाख बराबरको शेयर खरीद विक्री भएको हो । कम्पनीको प्रमोटर शेयरको मूल्य प्रतिकित्ता रू १५१ कायम भएको छ ।

त्यसैगरी सर्वाधिक शेयर खरीद बिक्री हुने दोस्रोमा अरुण काबेली पावर रहेको छ । उक्त कम्पनीको रू ११ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । १३ ओटा समूहमध्ये सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशलमव ८८ प्रतिशतले घटेको छ । यो दिन कुल बजार पूँजीकरण रू २८ खर्ब ९६ अर्ब कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ