arrow

सवारी दुर्घटनामा पत्रकार महासंघ तनहुँका सचिव रानासहित तीन जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
Pratap rana.jpg

पोखरा । पोखरामा सोमबार साँझ सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप राना, उनकी धर्मपत्नी रमा र छोरी रहेका छन् ।

प्रताप र छोरीको अवस्था सामान्य रहेपनि रमाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रमाको रमाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालाको सघन उपचार कक्षामा उपचार भइरहेको बताइन्छ । 

पोखरा महानगरपालिका वडा नं. ३२ मजुवामा प्रताप सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । प्रतापको परिवार पोखराबाट तनहुँको भिमादतर्फ जानेक्रममा दुर्घटना भएको बताइन्छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैबीच आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र नेपाल पत्रकार महासंघ तनहुँले एक प्रतापसहित उनको परिवार दुर्घटनामा पनि घाइते भएकोप्रति दुःख व्यक्त गरेको छ ।

फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ (सुमन) र महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरि राना परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ठक्कर दिने दोषीमाथि कारबाही गर्न माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ