arrow

नेपाल र क्यानाडाबीचको दोस्रो खेल आज राति, पहिलो एक दिवसीय रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
nepal-cricket-canada-match.jpg

काठमाडौं । नेपाल र क्यानाडाबीचको पहिलो एक दिवसीय क्रिकेट वर्षाले रद्द भएको छ । किङ सिटी स्टेडियममा मंगलबार हुनुपर्ने खेल वर्षाको कारण रद्द भएको हो । वर्षाको कारण खेल टससमेत नभइ रद्द भएको क्रिकेट क्यानाडाले जनाएको छ । 

दुई खेलको एक दिवसीय खेलका लागि क्यानाडा पुगेको नेपाली टोलीले अब दोस्रो खेल आज खेल्दैछ । 

यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुवै खेल नेपालले जितेको थियो ।

क्यानाडासँगको श्रृंखलापछि नेपाली टोली स्कटल्याण्ड जानेछ । 

विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्न नेपाल स्कटल्याण्ड जान लागेको हो । 

तेस्रो टोली नामिबिया हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ