arrow

अर्थमन्त्री प्रकरण : अर्थ मन्त्रालयका सचिव बिदामा बसे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
marasini-finance-secretary.jpg

काठमाडौं । बजेटमा करको दर हेरफेर गरेको आरोपमा अर्थमन्त्री जनार्दन शर्मा विवादित बनेसँगै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । 

मन्त्रालयमा बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुऱ्याउने काम गरेको आरोप मन्त्री तथा मन्त्रालयका शीर्ष कर्मचारीमा छ । सचिव मरासिनीले प्रधानमन्त्रीसँग भेटेरै बिदा बसेको बुझिएको छ । 

सचिव मरासिनी महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका थिए । उनीसँग २५ वर्ष भन्दा बढी अर्थ मन्त्रालय र सम्बद्ध निकायमा काम गरेको अनुभव छ । 

हालै बजेट निर्माणको रातको सीसीटीभी फुटेज नभएको अर्थ मन्त्रालयले जानकारी दिएपछि अर्थमन्त्रीसहित अन्य व्यक्तिको संलग्नताको शङ्का गरिएको छ । यसैबीच सचिव बिदा बसेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ